ठाँटी-काफलमेला खानेपानी तथा सरसफाई बहुउपयोग योजनाको काम सम्पन्न, अन्तिम अनुगमन

गुराँस गाउँपालिका, ८ नम्बर वडास्थित ठाँटी-काफलमेला खानेपानी तथा सरसफाई बहुउपयोग योजना निर्माणको काम सम्पन्न भएपछि अन्तिम अनुगमन गरिएको छ । यो योजनाबाट ४३ वटा घरघरमा धारा पुगेका छन् । उपभोक्ता, उपभोक्ता समिति, साझेदारलगायतको क्रियाशीलताले योजना निर्माणको कार्य चाँडो सम्पन्न भएको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमतर्फ दैलेख र कालिकोट जिल्लाभरका योजनामध्ये चाँडो सम्पन्न हुने यो पहिलो योजना हो ।
गुराँस गाउँपालिका, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम (हेल्भेटास/एभरेष्ट क्लव), उपभोक्ता समिति सबैमा धन्यवाद !
२०८३/०१/३१