रातानाङ्ला-धरमपोखरा सडकखण्ड मर्मतसम्भारको कार्य अगाडि बढाउन निर्माण कम्पनीको टीमलाई दबाब दिए लगत्तै सो टीमले पूर्वसम्भाव्यता अध्ययन गरेको छ ।

मर्मतसम्भारको कार्यको लागि आवश्यक प्राकृतिक स्रोत र समुदायस्तरको समन्वय गर्न गुराँस गाउँपालिका सरकारका प्रवक्ता एवं ८ नम्बर वडाका अध्यक्ष दीपेन्द्र ओलीसहित ठेक्का कम्पनीको टीम फिल्डमा खटिएको हो ।

सडक मर्मतसम्भारको लागि विश्व बैंकसँगको साझेदारीमा कर्णाली प्रदेश सरकारको टेन्डरबाट डीएनएसपिएल कमलेश पराजुली जेभीले जिम्मेवारी पाएको छ ।

यो सडकखण्ड गुराँस गाउँपालिकाका ५, ६, ७ र ८, वीरेन्द्रनगर नगरपालिका, १३, १५ र १६, चिङ्गाड गाउँपालिका, शिवालय गाउँपालिका र भगवतीमाई गाउँपालिका समेतको लागि महत्त्वपूर्ण छ ।

सचिवालय । १ भाद्र २०८३, सोमबार २३:५३