कोसोभोको प्रतिनिधि मण्डलसँग सुशासनका कुरा

गुराँस गाउँपालिकामा संचालित विभिन्न कार्यक्रम अन्तरगत अवलम्वन गरिदै आएको सुशासनका औजारका अभ्यासको अध्ययन/अवलोकनका लागि आउनुभएका दक्षिण पूर्वी युरोपियन देश कोसोभो (Kosovo) सरकारका कार्यक्रमसंग सम्बन्धित पदाधिकारीहरू (स्थानीय सरकारका मेयर र नगरपालिका संघका अध्यक्ष समेत), हेल्भेटास कोसोभो (Kosovo) तथा कोसोभोमा सामाजिक लेखापरीक्षणमा काम गरिरहेका नागरिक समाजका प्रतिनिधिहरूसँग अन्तरक्रिया भएको छ ।

सो अवसरमा मैले ८ नम्बर वडा अध्यक्ष एवं संस्थागत विकास, सेवा प्रवाह र सुशासन समितिका संयोजकको हैसियतले सुशासनको प्रवर्द्धनको लागि गरिरहेका कामको बारेमा जानकारी गराएको छु ।

साथै कोसोभोको स्थानीय सरकारसँग गुराँस गाउँपालिकाको भगिनी सम्बन्ध अघि बढाउन गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले प्रस्ताव गर्नुभएको छ । प्रस्ताव गर्दै गर्दा प्रतिनिधि मण्डलले ताली बजाएर सो प्रति उत्साह प्रकट गरेका छन् ।

प्रतिनिधि मण्डलले आफ्नो देश फिर्ता भएर भगिनी सम्बन्धको प्रक्रिया अघि बढाउने बताएको छ । उहाँहरूसँगको अन्तरक्रियाबाट निकट भविष्यमा उपलब्धि प्राप्त हुने अपेक्षा छ ।