गुराँस गाउँपालिका, ८ नम्बर वडास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, धरमपोखराबाट सञ्चालन हुनेगरी “धरमपोखरा पुरूषोत्तम महात्म्य, शिव श्रावण महिमा, धर्म जागरण महामहोत्सव”मार्फत् संकलित दान रकम तथा गुराँस गाउँपालिका सरकार/चिङ्गाड गा.पा. र चिङ्गाड-५ को आर्थिक सहयोगबाट एम्बुलेन्स खरिदको काम सम्पन्न भएको छ । यस अवसरमा गाउँपालिका सरकार, दानदाता सबै व्यक्ति, संस्था, निकायहरू तथा प्रक्रियामा सहयोग गर्नुहुने सबै सबै प्रति धन्यवाद व्यक्त गर्दछु । एम्बुलेन्स बुझिसकेपछि भद्रकालीमा पुजा समेत गरेको छु । पुजा गर्दा यस एम्बुलेन्स चढ्ने सबैको निरोगी जीवनको लागि कामना गरेको छु ।
जय होस् !
२०८१/०१/१५








सचिवालय । ८ जेष्ठ २०८२, बिहीबार १५:११