सभ्यताको यात्रामा गुराँस-८, सफा तथा स्वच्छ वडा घोषित

गुराँस गाउँपालिका, ८ नम्बर वडालाई दैलेख जिल्लामा दोस्रो वडाको रुपमा सभ्यताको एक संकेत सफा तथा स्वच्छ (पूर्ण सरसफाइ उन्मुख) वडा घोषणा गरिएको छ । पटक पटकको अनुगमन र आधारभूत क्रियाकलापपछि घोषणाको लागि योग्यता पुगेको भन्दै कार्यक्रममा गुराँस गाउँपालिका सरकारस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट अध्यक्ष टोपबहादुर बिसीज्यूले प्रमाणीकरण पत्र प्रदान गर्नुभएको छ । पूर्ण सरसफाइ उन्मुख वडाको लागि निर्धारित सूचकहरू (५+१) कार्यान्वयनमा ल्याउन योगदान पुर्‍याउने गुराँस गाउँपालिका सरकार, जनप्रतिनिधि, कर्मचारी संयन्त्र, हेल्भेटास, एभरेष्ट क्लव, तत्कालीन समयमा सोसेक नेपाल, राजनीतिक दलहरू, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू, विद्यालयहरू, स्वास्थ्य संस्था, गुराँस-८ का सम्पूर्ण घरधुरी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहहरू, बजार व्यवस्थापन समितिसहित प्रत्येक्ष/परोक्ष सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु ।