जुम्लिखोट लिफ्टिङ्ग खानेपानी आयोजनाको प्रगति अनुगमन

घर-घरमा खानेपानीको धारा पुर्‍याउने हाम्रो लक्ष्यअनुरुप गुराँस गाउँपालिका, ८ नम्बर वडास्थित जुम्लिखोट लिफ्टिङ्ग खानेपानी आयोजनाको प्रगति अनुगमन गरेको छु । कर्णाली प्रदेश सरकार, सिञ्चाई, खानेपानी तथा उर्जा विकास कार्यालय र उपभोक्ताको लगानीमा यो आयोजना निर्माण भइरहेको छ । सतहगत मुहानबाट खानेपानी पुर्‍याउन नसकिने क्षेत्रमा रहेका ३८३ घरधुरीलाई लक्षित गरिएकोमा चालू आर्थिक वर्षमा ८० घर (घ्यूपोखरी, माथिल्लो गर्चा, पात्ले, आइतेकाफल)मा आधारभूत स्तरको पहुँच पुगेको छ । अहिले खानेपानी पुर्‍याउने र धाराका संरचना आगामी वर्षमा पक्की गराउँदै लगिने छ भने, कालिपोखरी, माल्टेचौरलगायतको क्षेत्रमा आगामी वर्ष विस्तार गरिने छ । यस वडामा आर्थिक वर्ष २०८०/०८१ देखि एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम र कर्णाली प्रदेश सरकारसँगसमेत सहकार्य गरिएको छ । चालू आर्थिक वर्षभित्र गुराँस, ८ मा खानेपानीको धारा निर्माण हुने घरधुरी संख्या ४७७ पुग्दै छ । हाम्रो ध्यान तल्लो खनारा खानेपानी, बाँसठाना-छोटेपोखरा र बाँसठाना-सीम-टाङ्कोट खानेपानी योजनातर्फ पनि छ है । धन्यवाद !
२०८२/१२/२३