नेपाल कम्युनिष्ट पार्टी (एमाले), दैलेखका जिल्ला कमिटी सदस्य एवं गुराँस गाउँपालिका-८, नम्बर वडाका वडा अध्यक्ष दीपेन्द्र ओलीलाई स्कुल विभागबाट माध्यमिक तहको प्रमाण पत्र प्राप्त भएको छ ।

एमाले स्कुल विभागले एक सय तीन जना नेता-कार्यकर्तालाई दिएको पार्टीको माध्यमिक तहको कक्षापछि प्रमाण पत्र प्रदान गरिएको हो । पार्टी केन्द्रीय स्कुल विभागले तयार गरेको पाठ्यक्रमको आधारमा कात्तिक २१ गतेदेखि तीन दिन जिल्ला कमिटी पदाधिकारी र सदस्य तथा स्थानीय तह कमिटी अध्यक्षलाई प्रशिक्षण गरिएको हो ।

केन्द्रीय स्कुल विभाग र कर्णाली प्रदेश स्कुल विभागको संयोजनमा भएको प्रशिक्षणबाट दीक्षित भएका नेता-कार्यकर्ता अब तल्लो तहका कमिटीको लागि प्रशिक्षक बनेका छन् । अब प्रशिक्षितहरू स्थानीय तह, वडा र टोल सम्म प्रशिक्षणमा जाने छन् ।
पार्टीले तीन तहको पाठ्यक्रम तयार गरेको र अहिले माध्यमिक तह अध्ययन गरेकाहरूले आधारभूत तहको प्रशिक्षण दिन सक्ने छन् ।
प्रशिक्षणमा पार्टी उपमहासचिव एवं केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल र लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय स्कुल विभाग सचिव घनश्याम कोइराला, केन्द्रीय सदस्य एवं केन्द्रीय स्कुल विभाग सदस्यहरू सुन्दर लामिछाने, राजबहादुर बुढा र गेहेन्द्रप्रसाद दाहाललगायतले विभिन्न विषयवस्तुमा कक्षा सञ्चालन गर्नुभएको छ ।





सचिवालय । २७ कार्तिक २०८१, मंगलवार २२:५८