गुराँस गाउँपालिकाका सबै वडामा बसोबास गर्ने नवयुवाहरू (१६ देखि २४ बर्षसम्मका)सँग प्रविधि, सूचना प्रविधि र यसको सदुपयोगको सन्दर्भमा गरिएको छलफल अभियान समापन भएको छ । गुराँस गाउँपालिका-१ नम्बर वडाबाट शुरू भएको अभियान २, ५, ६, ७, ८, ४ र ३ मा पुगेर समापन भएको हो ।

यस अवधिमा युवाहरूमाझ सूचना प्रविधि, सूचना प्रविधिका साधन र ती साधनहरूको सदुपयोगको सन्दर्भमा छलफल सँगै सूचना प्रविधिको दुरूपयोग हुनबाट रोक्न युवाहरूबाटै प्रतिवद्धता गराइएको छ । अभियानमा २५३ जना युवाहरू सहभागि भएका छन् ।



युरोपियन युनियन र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा महिला सशक्तिकरण मञ्चसँगको समन्वयमा सनराइज युवा क्लव गुराँस ३ ले अभियानको आयोजना गरेको हो ।

सचिवालय । २० फाल्गुन २०८०, आईतवार १५:१५