माझखोला-गर्चा-दुबाचौर खानेपानी तथा सरसफाई योजना शिलान्यास

“घरघरमा धारा, गुराँस सरकारको अभिभारा”अन्तर्गत गुराँस गाउँपालिका-८, नम्बर वडामा निर्माण हुने माझखोला-गर्चा-दुबाचौर खानेपानी तथा सरसफाई योजना निर्माणको लागि शिलान्यास भएको छ । गुराँस गाउँपालिका, हेल्भेटास, सोसेक नेपाल र समुदायको ४६ लाख ३९ हजार ३ सय ९३ रूपैयाँ लगानीमा निर्माण हुने यो योजना निर्माण सम्पन्न भएपछि ५५ घरमा सुरक्षित धारा र पक्की चाङ्ग निर्माण हुनेछन् भने घरघरमा फिल्टर वितरण गरिनेछ । आर्थिक बर्ष २०८०/०८१ मा यसै वडाको माथिल्लो गर्चा र गैरीगाउँमा पनि योजना सञ्चालन हुनेछन् ।