गुराँस गाउँपलिकाको ५ नम्बर वडास्थित रानीमत्तामा सुविधा सम्पन्न रिसोर्ट उद्घाटन भएको छ । पर्यटकीय क्षेत्र रानीमत्ता-गुराँसे क्षेत्रमा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई रैथाने खानाका परिकारको स्वाद चखाउने र समग्रमा पर्यटन विकासमा समेत योगदान गर्न रिसोर्ट सञ्चालनमा आएको हो । नवउद्घाटित डाँडाघर रिसोर्ट प्रा.लि. २०८१/०१/०९ विहान ११:३१ बजेको शुभ साइत पारेर उद्घाटन भएको रिसोर्ट सञ्चालक मानप्रसाद देवकोटाले जानकारी दिनुभयो । गुराँस गाउँपालिकाका प्रवक्ता तथा ८ नम्बर वडाअध्यक्षको हैसियतमा रिसोर्ट उद्घाटन भएको छ ।



सचिवालय । १५ बैशाख २०८१, शनिबार ०८:२८