गुराँस-४ का युवाहरूले सामाजिक सञ्जालका विषय स्रोत हेरेर मात्र पत्याउने

गुराँस गाउँपालिका-४ का युवाहरूले स्रोत पहिचान गरेर मात्र सामाजिक सञ्जालमा भेटिएका विषयको आधारमा धारणा बनाउने भएका छन् ।

तालपोखरीमा भएको नवयुवाहरूसँगको भलाकुसारीमा युवाहरूले सामाजिक सञ्जालमा आएका सबै विषयको आधारमा सिधै धारणा नबनाउने बताएका हुन् ।

युवाहरूले अरू भरपर्दो स्रोतहरू हेर्ने र सूचनाको स्रोत परीक्षण गर्ने, शीर्षकमात्र नपढ्ने र पूरै समाचार पढ्ने लगायतको प्रतिवद्धता जनाएका छन् ।