घरघरमा खानेपानीको धारा पुर्याउने हाम्रो लक्ष्यअनुरुप यसवर्ष निर्माण सम्पन्न हुने चरणमा रहेको गुराँस गाउँपालिका, ८ स्थित ठाँटी-काफलमेला खानेपानी तथा सरसफाइ योजनाको पछिल्लो प्रगति अनुगमन गरेको छु । गुराँस गाउँपालिका सरकार, एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम (हेल्भेटास/एभरेष्ट क्लव) र उपभोक्ताको सहकार्यमा यो योजनाबाट ४१ घरमा खानेपानी धारा निर्माण भएका छन् भने, थप १६ वटा (पात्ले) निर्माण हुने छन् । यस वडामा आर्थिक वर्ष २०८०/०८१ देखि यो परियोजना र कर्णाली प्रदेश सरकारसँगसमेत सहकार्य गरिएको छ । चालू आर्थिक वर्षभित्र खानेपानीको धारा निर्माण हुने घरधुरी संख्या ४७७ पुग्दै छ । यसैगरी, तल्लो खनारा खानेपानी, बाँसठाना-छोटेपोखरा र बाँसठाना-सीम-टाङ्कोट खानेपानी योजनातर्फ पनि हाम्रो ध्यान पुगेको कुरा जानकारी गराउँदछु । धन्यवाद !
२०८२/१२/२२



सचिवालय । २२ चैत्र २०८२, आईतवार १८:५३