अनलाइनखबरमा प्रकाशित विचारः “स्थानीय तहका अङ्ग, भताभुङ्ग”

हरेक जिउँदा मान्छेको मन-मस्तिस्क र शरीर चलायमान हुनु कुन ठूलो कुरो भयो र ! मेरो मन-मस्तिस्क र शरीर पनि चल्दो-जाग्दो अवस्थामै छ । सबैभन्दा बढी चल्नुपर्ने मन-मस्तिस्क हो र यसले नै हाम्रो शरीरलाई चलाउने हो, क्रियाशील गराउने हो । यो बाँझो मनमा ह्वार-ह्वार्ती विषयवस्तु फुरिरहन्छन् । यत्तिको कुरा हेरेपछि, पढेपछि र सुनेपछि तपाइँलाई लाग्दो हो, “के नौलो कुरो हो र ! राजनीति गर्ने मान्छे हौ, तिम्रा कुरा राजनीतिमै केन्द्रीत त होलान् !” तर, त्यसो होइन । यो विषय फगत् राजनीति गर्नेहरू मात्रै लाभान्वित हुने, अरूले मतलव नै नगरे हुने विषय होइन । हामी सबै नागरिकले गरेको त्याग, तपस्या, वलिदान, व्यग्र प्रतिक्षा एवं राज्यको ठूलो धनराशी समेतको खर्चले स्थापित यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बन्न नसक्दा अन्ततः त्यसको असर पर्ने हामी नागरिकलाई नै हो । स्थानीय तहलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने विषयवस्तु समेटिएको विचार अनलाइनखवर डटकमले प्रकाशित गरेको छ । धेरै धन्यवाद । अध्ययन गर्नुहुनेछ भन्ने अपेक्षा छ ।

पुरा विचार पढ्न तलको लिङ्क क्लिक गर्नुहोस्ः 

स्थानीय तहका अङ्ग, भताभुङ्ग – Online Khabar