सार्वजनिक सेवाको गुणस्तरीयताको लागि गुराँस गाउँपालिका, ८ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आयोजना र सुशासन प्रवर्द्धनको लागि युवा संस्थाको सहजिकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष एवं गुराँस गाउँपालिकाको संस्थागत विकास, सेवा प्रवाह र सुशासन समितिका संयोजक तथा प्रवक्ताको हैसियतले प्रमुख जवाफदेहि वक्ताको रुपमा भूमिका निर्वाह गरिएको छ ।




सचिवालय । १३ बैशाख २०८०, बुधबार १८:४२