नक्कली नामबाट सामाजिक सञ्जाल नचलाउने गुराँस-६ का युवाहरूको प्रतिवद्धता

गुराँस गाउँपालिका-६ नम्बरका नवयुवाहरूले गलत र नक्कली नामबाट सामाजिक सञ्जाल नचलाउने प्रतिवद्धता जनाएका छन् । प्रविधि, सूचना प्रविधि र यसको सदुपयोगको विषयमा गरिएको छलफलमा युवाहरूले आफ्नो वास्तविक नामबाट मात्र सामाजिक सञ्जालका खाता सञ्चालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।