जोडिए ठाँटी र माइस्थान

गुराँस गाउँपालिका-८ नम्बर वडाको “सडक पहुँच विस्तार” कार्यक्रमबाट सडक निर्माण भएपछि ठाँटी र माइस्थान टोल एक आपसमा जोडिएका छन् ।  यसबाट दुबै टोलका स्थानीय नागरिकको आपसी सम्बन्ध थप प्रगाढ हुनुको साथै कृषि उपजको बजारिकरणको लागि सहजता हुने अपेक्षा गरिएको छ ।
फोटो: योजनाको अवस्था जाँचबुझ गर्ने क्रममा म, सव-इञ्जिनियर शैलेस बोगटी, खेमराज रेग्मी र निर्माण व्यवसायी गोपाल खड्का । मितिः २०८०/१२/१४