कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित बाल विवाह न्यूनिकरणका असल अभ्यासहरू संकलन कार्यशालालाई सम्बोधन गरेको छु ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना, बालविवाहविरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेश समितिको समन्वय र विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहकार्यमा आयोजना गरिएको कार्यशालालाई सम्बोधन गरेको हुँ ।

कार्यशालाको उद्घाटन समारोहमा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री यामलाल कँडेलज्यूले प्रमुख आतिथ्यता र कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री, प्रदेश सभा सदस्य लगायतले आतिथ्यता ग्रहण गर्नुभएको थियो । कार्यशालामा बाल विवाह न्यूनिकरणका लागि हाल सम्मका अभ्यासहरु र आगामी दिनमा गर्नुपर्ने अभ्यासको सन्दर्भमा विचार व्यक्त गरेको थिएँ ।




सचिवालय । ८ आश्विन २०८१, मंगलवार २१:३६