दैलेखको गुराँस गाउँपालिका-८, नम्बर वडाका सबै विद्यालयमा कक्षा १ मा अध्ययनरत विद्यार्थीहरूलाई ‘म्याजिक बोर्ड’ साथै विद्यालय प्रथमलाई अन्य सिकाई सामग्री हस्तान्तरण गरिएको छ ।

मिति २०८० जेठ १९ गतेको दिन वडा कार्यालयमा एक कार्यक्रमकाबीच सामग्री हस्तान्तरण गरिएको हो । वडाभित्रका चार वटा विद्यालयमा कक्षा १ मा अध्ययन गर्ने ४३ जना र प्रत्येक विद्यालयबाट विद्यालय प्रथम गरी जम्मा ४७ जनालाई सामग्री वितरण गरिएको हो ।

वितरण कार्यक्रममा वडा अध्यक्ष दीपेन्द्र ओलीले विद्यार्थीको अक्षर सुधार गरी सिकाई उपलब्धि हाँसिल गराउन ‘म्याजिक बोर्ड’ले सहयोग गर्ने विश्वास गर्नुभयो ।


साथै यसको प्रयोगबारे वडा अध्यक्ष ओलीले विद्यालयका प्रतिनिधिहरूलाई जानकारी गराउनुभएको छ । ‘म्याजिक बोर्ड’ विद्यालय समयमा विद्यालय हाताभित्र विद्यार्थीले प्रयोग गर्ने छन् ।

वडा सचिव सुस्मिताकुमारी खड्काले सहजिकरण गरेको हस्तान्तरण कार्यक्रममा वडा सदस्यहरू थामबहादुर खत्री, विष्णु बस्नेत र लक्ष्मि बिकको उपस्थिति थियो ।



सचिवालय । २० जेष्ठ २०८०, शनिबार १४:४५