कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री खड्गबहादुर पोखरेल र गुराँस गाउँपालिका-८, को वडा अध्यक्षको हैसियतले म बीच उक्त मन्त्रालयमा भेटघाट र कुराकानी भएको छ । उक्त भेटघाटमा दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य पूर्णबहादुर खत्री, गुराँस गाउँपालिका-८ का वडा सदस्य महेश खत्रीलगायतको उपस्थिति थियोे । भेटमा समसामयिक विषयवस्तु तथा गुराँस गाउँपालिका र प्रदेश सरकारको आपसी सम्बन्धको विषयमा कुराकानी भएको छ ।


सचिवालय । १७ श्रावण २०८०, बुधबार ०७:०५