माथिल्लो खनाराका घर-घरमा सिञ्चाई पोखरी निर्माण हुँदै

दैलेखको गुराँस गाउँपालिका-८, नम्बर वडा माथिल्लो खनाराका घर घरमा सिञ्चाई पोखरी निर्माण कार्य शुरु भएको छ । गुराँस श्रम तथा रोजगार बैंक (प्रधानमन्त्री रोजगार कार्यक्रम र गाउँपालिका साझेदारी) अन्तर्गत घरघरमा सिञ्चाई पोखरी निर्माण कार्यको शिलान्यास भएको हो । चालू आर्थिक बर्षमा ११ पोखरी निर्माण हुनेछन् । पोखरीको कारण कृषि उत्पादन वृद्धि हुँदा स्व-रोजगार सिर्जना हुने अपेक्षा छ । सिमित बजेटको कारण चरण-चरणमा कार्य गर्नुपर्ने बाध्यता छ र यो क्रम जारी छ । धन्यवाद !