गुराँस गाउँपालिका, ८ नम्बर वडाको सर्वदलीय र सर्वपक्षिय बैठक बसी भु-उपयोग क्षेत्र वर्गीकरण र मापदण्ड सम्बन्धि विभिन्न निर्णय सर्वसम्मतिबाट पारित भएको छ ।

गुराँस गाउँपालिका, ८ नम्बर वडामा रहेको जग्गाको नेपाल सरकार भु-उपयोग ऐन २०७६ र भु-उपयोग नियमावली २०७९ अनुसार भु-उपयोग वर्गीकरण गर्ने निर्णय सर्वसहमतिबाट पारित भएको हो ।

ऐन र नियमावलीअनुसार कृर्षि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, वन क्षेत्र, खोला क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रलगायतको वर्गिकरण गर्नेबारे प्रारम्भिक मस्यौदा तयार भएको छ ।



सचिवालय । १ जेष्ठ २०८०, सोमबार १७:००