नेपालको सर्वाधिक लोकप्रिय पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखको ऐतिहासिक ८औं जिल्ला अधिवेशन सहमतिमा टुङ्गिएको छ । अधिवेशनले अध्यक्षमा सूर्यबहादुर शाही, उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजङ्ग शाह तथा उपसचिवमा मीनबहादुर बुढा र तारा सोनी चयन हुनुभएको छ । यसैगरी प्रेमबहादुर खड्काको अध्यक्षतामा लेखा समिति गठन भएको छ । यस अधिवेशनले जिल्ला कमिटीको खुला सदस्य (जिल्लाभरको १०) तर्फ दीपेन्द्र ओलीलाई निर्वाचित गरिएको छ । विभिन्न जिम्मेवारीमा निर्वाचित हुनुभएका कमरेडहरूलाई बधाई र सर्वसम्मति जुटाई अधिवेशनलाई साँच्चिकै ऐतिहासिक बनाउन पहल गर्नुहुने स्थायी कमिटी सदस्य क. यामलाल कँडेल, पोलिट्व्यूरो सदस्य क. लक्ष्मीप्रसाद पोखरेल, सबै केन्द्रीय समिति सदस्यहरू, प्रदेश कमिटीका अध्यक्ष क. गुलावजङ्ग शाह, उपसचिव क. रविन्द्रराज शर्मासहित सदस्य कमरेडहरू धन्यवादको पात्र हुनुहुन्छ ।




सचिवालय । ३ फाल्गुन २०८०, बिहीबार १३:३०