अन्तरपालिका सम्बन्ध विषयमा भेटघाट अन्तर्गत गुराँस गाउँपालिकाका प्रवक्ता एवं ८, नम्बबरका वडा अध्यक्ष दीपेन्द्र ओली र चिङ्गाड गाउँपालिकाका प्रवक्ता एवं ५, नम्बरका वडा अध्यक्ष लालबहादुर जिसीबीच भेटघाट भएको छ ।
भेटघाटमा सिमाना जोडिएका दुई वडाबीचको आपसी सम्बन्ध, साझेदारी, दुई सरकारका गतिविधि लगायतको विषयमा कुराकानी भएको छ । दुई वडा अध्यक्षबीच सिमानाको बजार धरमपोखरालगायत ठाउँमा देखा पर्ने समस्या आपसमा मिलेर समाधान गर्ने विषयमा सहमति भएको छ ।


सचिवालय । १७ श्रावण २०८०, बुधबार ०७:५४