राउटेको विषयमा पारित सार्वजनिक महत्त्वको प्रस्ताव यस्तो छ… (भिडियो समेत)

हाल गुराँस गाउँपालिका, ८ नम्बर वडाका स्थायी बासिन्दा राउटे समुदायको विषयमा गुराँस गाउँ सभाको १७ ‍औँ अधिवेशनमा मैले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेकोमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
प्रस्तावका मूलभूत विषय यस्तो छ:-
गुराँस गाउँपालिकाको गैरभौगोलिक वडा (राउटे समुदाय विशेष)
गुराँस गाउँपालिका, ९ नम्बर वडा
नेपालको संविधानको धारा ५६ को उपधारा ५ मा विशेष/स्वायत्त क्षेत्र बनाउने कुरा परिकल्पना गरिएको ।
(१) राउटे समुदायलाई नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्ने र मताधिकारसमेत प्रदान गर्ने ।
(२) गैरभौगोलिक विशेष वडा (जस्तैः गुराँस गाउँपालिका, ९ नम्बर) को रुपमा घोषणा गर्ने ।
(३) अहिले भइरहेको संस्कार र संस्कृतिलाई मासिन नदिने र सुरक्षित प्रकारको फिरन्ते जीवन जिउन दिने ।
(४) राउटे समुदायका कलेल, राष्कोटी र स्ववंशी सन्तानबाट एक-एक जना गरी तीन जना सदस्य (उनीहरुको भाषामा मुखिया) निर्वाचित गर्ने, एक जना वडा तीनभित्रबाट एक जनालाई अध्यक्ष (उनीहरुको भाषामा महामुखिया)को रुपमा चयन गर्ने, एक जना महिलालाई महिला सदस्यको रुपमा चयन गर्ने ।
(१) राज्यको मूल प्रवाह (कार्यपालिका र व्यवस्थापिकामा) मा राउटेलाई पुर्‍याउने ।
(२) निर्णायक सहभागिता र आत्मनिर्णयको अधिकार सुरक्षित गर्ने ।
(३) राउटे समुदायमा पहिलो पटक महिला नेतृत्त्वको सुनिश्चित गर्ने ।
(४) राउटेको नाममा गरिने गलत क्रियाकलाप कम गराउने ।
(५) राउटे समुदायको संस्कार, संस्कृति, जीवनशैली र अस्तित्व जोगाउने ।
(६) राज्यबाट प्रवाह गरिने सेवासुविधामा सहज पहुँच पुर्‍याउने ।
(१) स्थानीय व्यवस्थापिका (गुराँस गाउँ सभा)बाट प्रस्ताव पास गरी प्रदेश सभा र प्रदेश सरकारमा सिफारिस गर्ने ।
(२) प्रदेश सभा र प्रदेश सरकारबाट संघीय सरकार र संघीय व्यवस्थापिकामा सिफारिस गर्ने ।
(३) संघीय व्यवस्थापिका र कार्यपालिकाबाट स्विकृति प्रदान गर्ने ।
(४) राउटे समुदायका नागरिकलाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गर्ने र मतदातामा बनाउने ।