‘ज्येष्ठ नागरिकसँग वडा अध्यक्ष’

गुराँस गाउँपालिका-८, नम्बर वडाले ‘ज्येष्ठ नागरिकसँग वडा अध्यक्ष’ कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमअन्तर्गत वडाभरका ७० वर्ष माथिका सबै ज्येष्ठ नगरिकहरूलाई बेतको लौरी र टर्च हस्तान्तरण गरिएको हो ।
वडा कार्यालयमा मिति २०८० जेठ १९ गते एक समारोहका बीच वडाभर बसोबास गर्ने ७० वर्ष माथिका १०३ जना ज्येष्ठ नागरिकलाई लौरी र टर्च हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष दीपेन्द्र ओलीले आफ्नो जीवनकालमा बालबच्चलाई लड्नबाट जोगाउन अभिभावकले साहारा दिलाएको बताउँदै अब सन्ततिले आफ्ना ज्येष्ठ आमा-बालाई साहारा दिने बेला आएको बताउनुभयो ।
वडा सचिव सुस्मिताकुमारी खड्काले सहजिकरण गरेको कार्यक्रममा वडा सदस्यहरु थामबहादुर खत्री, विष्णु बस्नेत र लक्ष्मी विकको समेत उपस्थिति थियो ।