गुराँस गाउँपालिका, ८ नम्बर वडाका अध्यक्ष दीपेन्द्र ओलीले तल्लो खनाराका कृषकहरूले गरिरहेको कृषिकर्मको अवलोकन गर्नुभएको छ ।

योजनाको अनुगमन र कृषकलाई हौसला प्रदान गर्न ओली कृषकको खेतबारीमा पुग्नुभएको हो ।

गुराँस गाउँपालिका, कृषि शाखाबाट कृषि उत्पादन बढाउन चतर्माला ताजा तरकारी उत्पादन कृषक समूहसँग सहकार्य गरी गरिएको सहयोग सामग्री प्रयोगको अवस्थाबारे अवलोकन भएको छ ।

कृर्षि प्राविधिक खेमराज रेग्मीसहित गरिएको अवलोकनमा कृषिबालीमा भएको समस्या र समाधानका उपायबारेसमेत सहजिकरण गरिएको छ ।


सचिवालय । १४ बैशाख २०८०, बिहीबार २०:१९