यसकारण धन्यवाद छ केपी ओलीलाई !

दीपेन्द्र ओली ।

देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छजनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् । 

१- ‘समृद्ध नेपाल-सुखी नेपाल’को राष्ट्रिय आकांक्षासहित विकास निर्माणका काममा तिव्र गति ।

२- भारतको हस्तक्षेपकारी नीतिमा धावाः ‘सत्यमेव जयेते कि सिंहमेव जयेते ?’  

३- मिचिएको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन औपचारिक तथा कानूनी पहल (चुच्चे नक्शा) – २०७७ जेठ १

४- नेपाल-चीन यातायात तथा पारवाहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर । यसबाट तेस्रो देशसँग हुने व्यापारको लागि भारतमाथिको नेपाली निर्भरता अन्त्य । – २०७६ वैशाख १६

५- २०६५ मा पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा भारत सरकारले मोरङको विराटनगरमा राखेको फिल्ड कार्यालय बन्द । – २०७५ साउन १६

६- ‘समुन्द्र हाम्रो पनि हो र हामिले पनि प्रयोग गर्न पाउनुपर्छ’ भन्ने दृढताको साथ जलमार्गमार्फत् नेपाल-भारतबीच नयाँ सम्पर्क स्थापना ।

७- १८ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण । – २०७६ कात्तिक १

८- सन् २००२ पछि बस्न नसकेको नेपाल-अमेरिकाबीचको विदेश मन्त्रिस्तरिय बैठक सत्र बर्षपछि । २०७५ पुस ३

९- अर्थतन्त्र र प्रविधिमा शक्तिशाली मानिने राष्ट्रको तुलनामा कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणमा सफलता । निःशुल्क परिक्षण, उपचार र निःशुल्क खोपको प्रवन्ध ।

१०- सिके राउतले चलाइरहेको पृथकतावादी गतिविधि बन्द ।

११- नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीलाई राष्ट्रिय मूलधारमा ।

यसकारण निवर्तमान भइसक्नुभएका प्रधानमन्त्री ओलीलाई हामी नेपाली जनताले हार्दिक धन्यवाद भन्नैपर्छ ।