एक वर्षका प्रमुख उपलब्धिहरू…

           मिति २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको माध्यमबाट गुराँस गाउँपालिका-८, नम्बर वडा दैलेखमा हामीले जनप्रतिनिधिको जिम्मेवारी प्राप्त गरेको पहिलो ‘एक वर्ष’ पूरा भएको सुखद् अवसरमा सबै मतदाताहरूमा धेरै-धेरै धन्यवाद व्यक्त गर्दछु ।

            यस गुराँस गाउँपालिका-८, नम्बर वडामा हामी (वडा अध्यक्षमा दीपेन्द्र ओली, सदस्यहरुमा थामबहादुर खत्री, महेश खत्री, लक्ष्मि बि. क. र विष्णु बस्नेत) लाई प्राप्त मतको आधारमा मिति २०७९ जेठ ४ गते परिणाम घोषणा भएको थियो भने, यस वडामा हामिले जेठ १० गते कार्यभार सम्हालेका हौँ । हुन त पहिलो एक वर्षमै सबै अपेक्षाकृत विकास निर्माणको कार्यमा पूर्ण रुपमा उपलब्धि हाँसिल गर्न त गाह्रो हुन्छ । यद्यपी, शुरु गरिएका योजना, निरन्तरता दिइएका र हाँसिल गरिएका केहि उपलब्धिहरू यहाँ प्रस्तुत गरेका छौँ ।

विषयगत क्षेत्र भएका कार्यहरू कैफियत
आर्थिक विकास १) कृषक र कृर्षि समूह तथा व्यावसायिक कृषकहरुलाई मल, विऊलगायतमा आंशिक अनुदान एवं परामर्श गरिएको ।

२) व्यावसायिक फार्महरूलाई दर्ता प्रक्रियामा प्रोत्साहित गरि राज्यको दायरामा ल्याइएको ।

३) व्यावसायिक तथा उद्यमशीलता सम्बन्धि तालिम सञ्चालन गरि व्यवसायमा प्रोत्साहन गरिएको ।

४) वर्षौँ देखि बाँझो रहेका जग्गालाई खेतीयोग्य जमिनमा रुपान्तरणको लागि कार्य शुरुवात् भएको ।

कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय क्षेत्र
सामाजिक विकास १) दुईवटा गाउँघर क्लिनिक भवन (गर्चा र मकुट्क) निर्माण कार्य चलिरहेको ।

२) सबै आधारभूत विद्यालयमा नि:शुल्क इन्टरनेट जडान र सञ्चालन ।

३) सबै विद्यालय व्यवस्थापन समितिलाई काम, कर्तव्य र अधिकार सम्बन्धि अभिमुखिकरण गरिएको ।

४) महिला सञ्जाल र महिला स्वास्थ्य स्वयं सेविकालाई प्रविधिको प्रयोग र दुरूपयोग सम्बन्धि अभिमुखिकरण गरिएको ।

५) आधारभूत स्वास्थ्य सेवा केन्द्र धरमपोखरामा हट्लाइन फोन सेवा सञ्चालन गरी चौविसै घण्टा आकस्मिक स्वास्थ्य सेवा र परामर्श लागू गरिएको ।

६) सबै सामुदायिक विद्यालय प्राङ्गण अध्यारोमुक्त गरिएको ।

७) ‘घर-घरमा धारा, गुराँस सरकारको अभिभारा’ अनुरुप यस वडाका ५२ घरधुरीमा निजी धारा निर्माण तथा सञ्चालन भएको । बाँकी घरधुरी र स्रोतमा सर्भेक्षणको काम चल्दै ।

८) गैरसरकारी संस्थाहरूसँगको साझेदारीमा सबै विद्यालयमा बालमैत्री धारा निर्माण र सञ्चालन भइसकेको ।

शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण क्षेत्र
पूर्वाधार विकास १) वडाभर ८ किलोमिटरभन्दा बढी नयाँ सडक ट्याक खोलिएको ।

२) सबै सडकमा बाह्रै महिना गाडि चलाउन मिल्नेगरि स्तरोन्नतिको काम जारी रहेको ।

३) कृषि र कृषक समूहमार्फत तीनवटा सिञ्चाई पोखरी निर्माण र सिञ्चाई सामग्री हस्तान्तरण गरि ५६ घरधुरीका कृषक लाभान्वित भएका । पात्ले टोलका २१ घरमा निजी सिञ्चाई पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको ।

४) माथिल्ला सरकार र साझेदारसँगको सहकार्यमा दुइवटा विद्यालय भवन एकैसाथ निर्माण कार्य चलिरहेको ।

५) प्रहरी चौकी, लालिकाँडाको प्रशासनिक भवनको लागि सहजिकरण गरि निर्माणको काम शुरुवात ।

६) विद्यालयहरूमा पक्की घेरबारको लागि नीति अख्तियार गरि निर्माणको क्रम अघि बढेको ।

सडक, सिंचाई, भवन तथा  सहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत, सञ्चार जस्ता क्षेत्र
वन, वातावरण तथा विपद् व्यवस्थापन १)  वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरी क्रियाशील गरिएको ।

२) सामुदायिक वन उपभोक्ता समितिसँगको समन्वयमा वन संरक्षण कार्य व्यवस्थित गरिएको र वृक्षरोपणलाई प्रोत्साहन गरिएको ।

३) जलउपयोग गुरुयोजना निर्माणको काम अघि बढेको ।

४) भु-उपयोग क्षेत्र वर्गीकरण र मापदण्ड सम्बन्धि मस्यौदा तयार भई कार्य अघि बढेको ।

वन तथा भू–संरक्षण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन क्षेत्र
संस्थागत विकास, सेवा प्रवाह र सुशासन १) सार्वजनिक सेवाको गुणस्तरीयताको लागि पहिलो पटक वडास्तरमा सार्वजनिक सुनुवाई भएको ।

२) सबै योजनाको सामाजिक परीक्षणलाई अनिवार्य गरिएको ।

३) वडाको आफ्नै प्रशासकीय भवन निर्माण पूर्णता दिई कार्य सञ्चालन ।

४) पहिलो पटक नागरिक वडापत्र तयार गरी लागू गरिएको ।

५) व्यक्तिगत घटना दर्ताको काम अनलाइन प्रणालीमा रुपान्तरण गरिएको । ई-हाँजिरी लागू गरिएको ।

६) सुचना प्रवाह प्रभावकारी बनाउन सामाजिक सञ्जालहरूको अधिकतम् प्रयोग गरिएको ।

७) बैङ्कसम्म पुग्न नसक्नेको लागि वडा कार्यालय र वडा कार्यालयसम्म पनि पुग्न नसक्नेलाई घरमै सामाजिक सुरक्षा भत्ता पुर्‍याइएको ।

८) बालमैत्री स्थानीय शासन भएको वडा घोषणा गरि लागू गरिएको ।

९) योजनाहरूको अनुगमन तथा सुपरीवेक्षण कार्यलाई थप प्रभावकारी बनाइएको ।

मानव संसाधन, संस्थागत क्षमता,  राजस्व परिचालन, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, बेरुजु फछ्र्यौट, सेवा प्रवाहका मापदण्ड, विद्युतीय सूचना प्रविधि, अन्तरनिकाय समन्वय क्षेत्र

            यी विभिन्न उपलब्धि हाँसिल हुनुमा सबै राजनीतिक दल, सामाजिक क्षेत्रमा क्रियाशील निकाय तथा व्यक्तिहरु, कर्मचारी वर्ग, आम नागरिक सबैको महत्त्वपूर्ण योगदान रहेको हुँदा यसको लागि धन्यवाद ज्ञापन गर्दछौँ । आगामी दिनमा समेत योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा हातेमालो र एकताको आवश्यकता महसुस गरेका छौँ । निर्वाचनको दौरानमा व्यक्त गरिएका प्रतिवद्धताहरू,‘समृद्ध नेपाल-सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र ‘सुख, समृद्धिको लागि शासकीय सुधार, हातेमालो गरी फेरौँ गुराँसको मुहार’ को नारा साकार पार्न आफ्ना योजना र क्रियाकलाप अघि सार्ने अठोट गर्दछु ।

धन्यवाद !

………………………
दीपेन्द्र ओली

वडा अध्यक्ष

मिति: २०८०/०२/०४