तीन वर्षसम्मका उपलब्धि

मिति २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको माध्यमबाट गुराँस गाउँपालिका-८, नम्बर वडा दैलेखमा हामीले जनप्रतिनिधिको जिम्मेवारी प्राप्त गरेको दोस्रो एक वर्ष पूरा भएको सुखद् अवसरमा सबै मतदाताहरूमा धेरै-धेरै धन्यवाद व्यक्त गर्दछौँ ।

यस गुराँस गाउँपालिका-८, नम्बर वडामा हामी (वडा अध्यक्षमा दीपेन्द्र ओली, सदस्यहरुमा थामबहादुर खत्री, महेश खत्री, लक्ष्मि बि. क. र विष्णु बस्नेत) लाई प्राप्त मतको आधारमा मिति २०७९ जेठ ४ गते परिणाम घोषणा भएको थियो भने, यस वडामा हामिले जेठ १० गते कार्यभार सम्हालेका हौँ । यस वडामा प्रारम्भ गरिएका योजना, निरन्तरता दिइएका र हाँसिल गरिएका केहि उपलब्धिहरू यहाँ प्रस्तुत गरेका छौँ ।