राष्ट्रसेवक कर्मचारीज्यूहरुसँग सिकाई आदान-प्रदान

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सेवा प्रवेश तथा सेवाकालिन तालिममा रहनुभएका प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहमा कार्यरत राष्ट्रसेवक कर्मचारीज्यूहरुसँग भलाकुसारी गर्ने अवसर पुनः प्राप्त भयो ।
यो तालिमले दुबै टीमका कर्मचारीहरूको पेशागत जीवनलाई थप स्पातिलो बनाई राष्ट्रको विकास र समृद्धिको आकांक्षा सफल बन्ने छ भन्ने विश्वास छ । सबै कर्मचारीमा शुभकामना । अवसरको लागि प्रतिष्ठानलाई धन्यवाद !
२०८२/११/०५