जनताको सुरक्षामा खटिने प्रहरी (प्रहरी चौकी, लालिकाँडा) नै स्थापनाकालदेखि भाडाको घरमा आफै असुरक्षित रहेको अवस्थालाई अन्त्य गरिएको छ । दीर्घकालीन योजनाको साथ प्रहरी चौकी २०५५/०३/०८ मा स्थापना गर्नुहुने तत्कालीन गा.वि.स. अध्यक्ष (२०५४) स्व. मोतीराम खड्का र सो अवधिका सबै जनप्रतिनिधि ज्यूलाई स्मरण गरिएको छ । नयाँ भवन निर्माणको लागि माग गर्नुहुने, हाम्रो पहलमा सहयोग गर्नुहुने, काम सहज गराउने राजनीतिकर्मी, गुराँस गाउँपालिका, कर्णाली प्रदेश र नेपाल सरकार, निर्माण कम्पनी तथा श्रमिक साथिहरूलाई धन्यवाद छ ।
भिडिओ: Dipendra Karki Bastakoti

सचिवालय । १५ बैशाख २०८१, शनिबार १२:२२