पोषिलो खान सिक्दै गर्भवति महिला तथा आमाहरु, गाउँभरका जम्मा भई सुखानीदुखानी पनि

दीपेन्द्र अोली, सुर्खेत, ९ पुस (निगरानी) । बालबालिका र आफूले कस्तो प्रकारका खानपान गर्ने भन्ने विषयमा सुर्खेतका गर्भवति महिलाहरु तथा आमाहरुले सिक्न थालेका छन् ।

सुर्खेतका सवैजसो गाउँ विकास समितिमा रहेका गर्भवति महिला तथा दुई वर्ष मुनीका बालबालिकाका आमाहरु कम्तिमा महिनाको एक पटक सँगै जम्मा भएर सिक्न थालेका छन् ।

महिलाहरु एक ठाउँमा जम्मा भइसकेपछि वडा र टोलस्तरमा रहेका महिला स्वास्थ्य स्वम् सेविकाहरुले खानपान र हेरचाहका विषयमा सहजिकरण गर्ने गरेका छन् ।
महिला स्वास्थ्य स्वम् सेविकाले आफूहरुलाई गर्ववति अवस्थामा हरियो सागपात, अण्डा तथा माशुजन्य पदार्थ, गेडागुडीजस्ता पोषक तत्व खानुपर्ने सिकाउने गरेका सुर्खेतको गढि गाविस वडानम्वर ७ मैकलका कुमारी सिर्पाइलीले बताउनुभयो ।
गर्भवति अवस्थामा रहेका महिलाका सासूलाई पनि छलफलमा राखिने भएकाले अझ प्रभावकारी बनेको उहाँको भनाई छ ।
गर्भवति अवस्थामा रहेका महिलाले खानपानमा ध्यान नदिँदा पछि बालबालिकामा वौद्धिक रुपमा असर पर्ने तथा महिला र बच्चालाई खतराबाट बचाउन सकिने भएकाले छलफलमा त्यस्ता कुरा सिकाउने गरिएको छ ।
यस्तो छलफल चलाउनका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडि) को आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले सञ्चालन गरेको नेपाल सरकारको सुआहारा कार्यक्रमले मद्दत गरेको हो ।
सुआहाराले गर्भवति महिला तथा बालबालिकालाई खुवाउनुपर्ने पोषिलो खानेकुराको उत्पादनका लागि वडा वडामा कृषकलाई पनि सहयोग गर्ने गरेको कार्यक्रमका प्रमुख चिरञ्जीवी दाहालले बताउनुभयो ।
कृषकहरुलाई कुखुरा पालन गरि अण्डा र कुखुरा उत्पादन गर्न, हरियो तरकारी उत्पादनकालगायतका लागि आर्थिक सहयोग गर्ने गरेको छ ।
यसैबीच, सुआहाराका क्रियालकलापबारे अनुगमन पनि गरिएको छ । अनुगमनमा जिल्लामा क्रियाशिल पत्रकारहरु, सुआहाराका प्रमुख तथा

स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्यलगायतको सहभागिता थियो ।

फोटोः पोषिलो खानपानबारे सिकाउँदै महिला स्वास्थ्य स्यम् सेविका ।