मुख्यमन्त्री समक्ष वडाका सवाल

कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री यामलाल कँडेलज्यूले यस गुराँस गाउँपालिका, ८ नम्बर वडाको स्थलगत निरीक्षण र सरोकारवालाहरूसँग भलाकुसारी गर्नुभएको छ । गुराँस गाउँपालिका, ८ नम्बर वडा कार्यालयले आयोजना गरेको चियापान कार्यक्रममा २०४३ यताका उपलब्ध जनप्रतिनिधिहरू (गुराँस-८ र लालिकाँडा-१,२,३,४), गुराँस ७ का वडा अध्यक्ष, राजनीतिक दलका नेता कार्यकर्ताहरू र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरू हुनुहुन्थ्यो । सो अवसरमा यस क्षेत्रको सर्वाङ्गिण विकासका सवालमा छलफल भएको छ ।
(२०८१/०६/०९)