मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमजीवि पत्रकारहरुको हकहितका विषयमा छलफल भएको छ । प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश कमिटीसँगको सहकार्यमा जिल्ला कमिटी सुर्खेतले दैलेखको गुराँस गाउँपालिका, ५ रानीमत्तास्थित डाँडाघर रिसोर्टमा अन्तर्क्रिया तथा वनभोज आयोजना भएको हो ।
सो सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दैलेखका प्रचार तथा प्रकाशन विभाग प्रमुख दीपेन्द्र ओली, सुर्खेतका प्रमुख गंगाराम तिमिल्सेना, प्रेस चौतारीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इन्चार्ज यामप्रसाद शर्मा, अन्य केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, प्रेस चौतारी नेपालबाट नेपाल पत्रकार महासंघमा प्रतिनिधित्व गर्नेहरूसहित सञ्चारकर्मी महानुभावको उपस्थिति थियो ।
कार्यक्रम प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष मुना हमालको अध्यक्षतामा भएको हो ।
२०८२/०१/१८




सचिवालय । ८ जेष्ठ २०८२, बिहीबार १५:०३