गुराँस गाउँपालिका, ८ नम्बर वडास्थित मालिका माध्यमिक विद्यालयमा पक्की घेरबार निर्माण कार्यको शिलान्यास भएको छ । रू. ३० लाख (कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय)को यो कार्य २०८२ चैत महिनासम्म सम्पन्न भइसक्ने छ ।
निर्माणको काम गुणस्तरीय हुने छ भन्नेमा निर्माण खटिनुभएका मिस्त्रीहरुको टिम, सामाजिक विकास कार्यालय र गुराँस गाउँपालिका सरकारका प्राविधिक साथिहरू, विद्यालय व्यवस्थापन समितिलगायत परिवार तथा आम अभिभावकज्यूहरूप्रति विश्वस्त छु । यो योजनाको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु ।


सचिवालय । २ पुष २०८२, बुधबार १०:५२