सिमा मिच्नेलाई भक्ती थापा, अमरसिंह थापा र बलभद्र कुँवरले बोले धावा (पूर्णपाठ र भिडियोसहित)

काठमाण्डौं, २७ । भक्ती थापा: “ओए अमरसिंह उठ् । खुकुरीमा धार लगा । उता विस्तारवादीले सिमामा जङ्गे पिल्लर लडाइसकेका छन् । पब्जीमा दुस्मन लडाएर बस्छस् । उठ् ।”
अमरसिंह थापा: “हस् दाजु । यो देशको लागि मेरो एकमुठ्ठी सास रहेसम्म विस्तारवाद र सामन्तवादका विरुद्ध लड्न तयार छु ।”
अमरसिंह थापा: “ओए बलभद्र । विस्तारवादीहरुले लिपुलेक हडप्न खोज्दैछन् । तँ घरमै सुतिरा’छस् ? भूमी रक्षाका लागि उठ्ने बेला भयो । उठ् अब उठ् ।”
बलभद्र कुँवर: “हुन्छ दाजु । यो देशमाथि गिद्देनजर लाउनेहरुलाई यही खुकुरीले छ्याप्प-छ्याप्प छप्काउन मन छ ।” भक्ती थापा: “कोही पछी नहट्लास् ।”

छोड् छोड् विस्तारवाद हाम्रो भूमी छोड् ।
छोड् छोड् विस्तारवाद लिपुलेक छोड् ।
… 
अमरसिंह: “लिपुलेक हाम्रै हो मिच्न पाइदैन । 
जङ्गे पिल्लर उखल्ने छिमेक चाहिदैन । 
– नदिनाला देख्नै हुन्न बाँधिहाल्ने बाँध । 
– राम्रो भूमी देख्नै हुन्न मिचिहाल्ने साँध । 
– विशाल नेपाल मरिचजस्तै चाउरिएर गयो । 
– आँखैअघि मातृभूमी बलात्कृत भयो ।
– सुरुङ्ग युद्ध गर्छौँ भन्दै वर्षौँ कराए । 
– विस्तारवादको विरोध गर्ने खोई कहाँ हराए ।
– सडकमा हुँदासम्म राष्ट्रियता आउँछ । 
– सिंहदरवार पसेपछि त्यसै हराउँछ ।”
… 
छोड् छोड् विस्तारवाद हाम्रो भूमी छोड् ।
छोड् छोड् विस्तारवाद कालापानी छोड् ।
… 
भक्ती थापा: “कालापानी हाम्रै हो मिच्न पाइदैन । 
जङ्गे पिल्लर उखल्ने छिमेक चाहिदैन । 
भक्ती थापा: “कालापानी हाम्रै हो मिच्न पाइदैन । 
जङ्गे पिल्लर उखल्ने छिमेक चाहिदैन । 
– देशको लागि लड्छु भन्ने नेताहरु खोई ? 
– जनयुद्ध लडेका ती केटाहरु खोई ?
– नेपालका सिमाभरी काँडेतार लाऊ । 
– भारतिय विस्तारवाद आफ्नै भूमी जाऊ । 
– देशप्रेमी युवाहरु सिमाक्षेत्र आऊ । 
– राष्ट्रघाती धोकेबाझ देश छोडेर जाऊ । 
– वुद्धिजिवी युवाहरु देश हाँक्न आऊ । 
– राष्ट्रघाती सन्धिहरु खारेज गर्न जाऊ ।” 
… छोड् छोड् विस्तारवाद हाम्रो भूमी छोड् । 
छोड् छोड् विस्तारवाद हाम्रो सुस्ता छोड् । 
बलभद्र: “सुस्ता नि हाम्रै हो मिच्न पाइदैन । 
जङ्गे पिल्लर उखल्ने छिमेक चाहिदैन । 
– कालापानी मिचेकै हुन् मिचेकै हुन् सुस्ता । 
– जङ्गे पिल्लर सार्दासार्दै मरे कयौं पुस्ता । 
– शासकले देशको पीडा पर्छ अब सुन्न । 
– साँझ सुत्या मेरो भूमी विहान नेपाल हुन्न । 
– नदिनाला देख्नै हुन्न गिद्देनजर लाउँछस् ? 
– नेपालीलाई रुवाएर विस्तारवाद रमाउँछस् ? 
– महाँकाली, कोशीमाथी व्यारेज बनाउँछस् ? 
– नेपालीको रगत बगाई होली मनाउँछस् ?” 
… 
छोड् छोड् विस्तारवाद हाम्रो भूमी छोड् ।
छोड् छोड् विस्तारवाद पुनर्बास छोड् 
… 
भक्ती थापा: “पुनर्बास हाम्रै हो मिच्न पाइदैन । जङ्गे पिल्लर उखल्ने छिमेक चाहिदैन । 
– नेपालको बस्ती पसी सोझा जनता कुट्छस् ?
– भारतिय एसएसबीले निमुखालाई लुट्छस् ? 
– ढिलासुस्ती गर्नैहुन्न सिमामा जाऊ झट्टै । 
– विस्तारवादको खुनी नङ्ग्रा काट्नुपर्छ च्वाट्टै । 
– आफ्नो स्वार्थ पूरा गर्न भारततिर सुँइक्क । 
– ओए नेता सिमा लुट्दा बोल्दैनस् र चुँइक्क ? 
– छेक्नैपर्छ सिमा मिच्ने छिमेकीको दाऊ । 
– न्याय खोज्न अन्तर्राष्ट्रिय अदालत जाऊ ।”
… 
भर्खरैमात्र सार्वजनिक भएको एक जागरण गीतमा भक्ती थापा, अमरसिंह थापा र बलभद्र कुँवरको भावनालाई अभिव्यक्त गरिएको छ ।
विभिन्न ठाउँमा छिमेकी देशहरु (विशेषगरी भारत) ले सिमा अतिक्रमण गरेको बेला सार्वजनिक गरिएको गीतमा नेपाली जनताको आक्रोशलाई अभिव्यक्त गरिएको हो ।
आलाप डिजिटलले बजारमा ल्याएको गीतमा भक्ती थापाको रुपमा झलक संगीतम्, अमरसिंह थापाको रुपमा रेशम ओली र बलभद्रको रुपमा गणेशबहादुर ओलीले गीत गाउनुभएको छ ।
गीतको शब्द रचना इन्जिनियरसमेत रहनुभएका रेशम ओलीले गर्नुभएको हो भने संगीत झलक संगीतमले गर्नुभएको हो । अर्का गायक गणेशबहादुर ओली पेशाको हिसावले पत्रकार तथा अधिवक्ता हुनुहुन्छ ।
हेर्नुहोस् यस्तो छ भिडियो: