वर्षौँदेखि रोक्का रहेका जग्गा भए फुकुवा

रातानाङ्गला-धरमपोखरा सडक खण्ड आसपास (गुराँस गाउँपालिका-५,६ र ८, वीरेन्द्रनगर नगरपालिका-१३ तथा चिङ्गाड गाउँपालिका-५) का ७८ जना नागरिकका निजी जग्गा फुकुवा गर्न सफलता प्राप्त भएको छ । आ.ब. २०७२/७३ मा रोक्का भई २०७४/७५ मा कार्य सम्पन्न भएलगत्तै (जिल्ला विकास समिति/जिल्ला प्राविधिक कार्यालय खारेज नहुँदै) फुकुवा हुनुपर्ने थियोे, तर विभिन्न कारणले भएनछ । संङ्घीयतापछि फुकुवाका जिम्मेवार कार्यालयहरू नै खारेज भएसँगै समस्या थियो । मेरो अथक प्रयास एवं सम्बन्धित सबै पालिका, जिल्ला समन्वय समिति, मालपोत, पूर्वाधार निर्देशनालय, मिडिया र आयोजनासँग जोडिनुभएका नयाँ/पुराना सबै साथिहरूसँगको सहयोगबाट कार्य सफल भएको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालय सुर्खेतबाट “ग्रामीण सडक सुदृढीकरण परियोजना”ले सडक आसपासमा पर्ने जग्गा रोक्का भएका थिए ।
धन्यवाद !